संखुवासभा : संखुवासभाको चैनपुर नगरपालिका ७ भण्डारी मोडमा पहिरोको कारण १ घरमा क्षति पुगेको छ । सोमबार बिहानको राती देखि परेको अबिरल बर्षासंगै घर माथी देखि झरेको पहिरोले भण्डारी मोडका भगवती भण्डारीको ईट्टा र माटोको गाह्रो तथा टिनको छाना भएको २ तले कच्ची घर पुरिदाँ घरभित्र भएको सम्पुर्ण सामान नष्ट भई करिब १० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय चैनपुरले जनाएको छ ।

उक्त पहिरोबाट मानवीय तथा चौपाया क्षति नभएको तथा ईलाका प्रहरी कार्यालय चैनपुरबाट प्रहरी टोली खटि गई पहिरो हटाउने कार्य भईरहेको उक्त कार्यालयले जनाएको छ ।