इटहरी : इटहरीमा धमाधम सडक निर्माण गर्न थालिएको छ । इटहरी वडा नम्वर १ नमूना टोलस्थित दीपेन्द्र मार्ग सडक कालोपत्रे सम्पन्न भएको छ ।

पाँच सय ६ मिटर कालोपत्रे सडकको इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले मङ्गलबार उदघाटन गरे । उपमहानगरको ४० लाख र स्थानीयको थप लगानीमा सडक निर्माण सम्पन्न भएको हो । सडक कालोपत्रे भएर धुलो र हिलोबाट मुक्त भएकोमा स्थानीय हर्षित भएका छन् । इटहरी उपमहानगरले भौतिक संरचना त्यसमा पनि सडक निर्माणलाई पहिलो प्राथमिकता दिएको प्रमुख चौधरीले बताए । गाँउगाँउका मूल बाटो १५ महिना भित्रमा कालोपत्रे भइसक्ने प्रमुख चौधरीले जानकारी दिए । छ दिनभित्रमा तीन वटा वहुवर्षे सडक निर्माण योजना शिल्यान्यास भइसकेको छ । इटहरीको बजार क्षेत्रमा टायल विछयाएर सडक निर्माण भइरहेका छन ।