धनकुटा : स्थानीय तह गठन भएको करिब चार वर्षपछि मात्र धनकुटा जिल्लाका सबै वडाबाट कर संकलन गर्ने कार्य सुरु भएको छ ।

जिल्लाका सात स्थानीय तहका ६० वटै वडाबाट कर संकलन कार्य सुरु भएको हो । असोज १ गतेदेखि धनकुटा नगरपालिकाअन्र्तगतका १० वटै वडा कार्यालयवाट कर संकलन कार्य सुरु भएँंगै जिल्लाका सबै वडाबाट कर संकलन कार्य सुरु भएको हो ।

धनकुटा नगरपालिकाबाहेक अन्य स्थानीय तहले यस अघिनै वडा वडावाट कर संकलन कार्य सुरु गरेका थिए । प्रत्येक वडाका कर्मचारीलाई कर सम्बन्धी तालिम दिएर कर संकलनको व्यवस्था मिलाइएको सम्बन्धित गाउँ तथा नगरपालिकाले जनाएका छन् । अब सर्वसाधारणले एकीकृत सम्पत्ति कर, घरवहाल करलगायत कर सम्बन्धित वडा कार्यलयबाटै तिर्न सक्नेछन् । कर तिर्नकै लागि गाँउ वा नगरपालिकाको केन्द्रसम्म पुग्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।