काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालको हालखबर सोधेका छन् । उनले नेपालको पछिल्लो अवस्थाका बारेमा चासो राखे ।

राष्ट्रसंघको ७४ औं महासभामा भाग लिन न्युयोर्क पुगेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँगको संक्षिप्त भेटमा ट्रम्पले नेपाल चासो र जिज्ञासा राखेका हुन् । परराष्ट्रमन्त्री ज्ञवालीले अति संक्षिप्त भेट भएको भन्दै कुराकानी पनि संक्षिप्त भएको र अमेरिकी राष्ट्रपति ट्रम्पले नेपालको स्थितिबारे जिज्ञासा राख्दा थोरै जानकारी गराएको बताएका छन् ।

मन्त्री ज्ञवालीले भेटका क्रममा आपसी सहयोग तथा सहकार्यका विषयमा पनि थोरै कुराकानी भएको बताएका छन् । राष्ट्रसंघको ७४ औं महासभामा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली जाने कार्यक्रम भएपनि उनको स्वास्थ्यका कारण परराष्ट्रमन्त्री ज्ञवाली सो कार्यक्रममा सहभागी हुन पुगेका हुन् ।