एजेन्सी : पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग, प्रभाव र लोकप्रियता बढ्दो छ । प्रविधिमा आएको विकाससँगै धेरै मानिस यसको पहुँचमा छन् । एकाअर्कासँगको सम्पर्क, व्यक्तिगत तथा सामाजिक गतिविधि प्रदर्शन, मनोरञ्जन, सूचना तथा सञ्चार लगायत प्रयोजनका लागि सामाजिक सञ्चालको प्रयोग गरिँदै आएको छ । यसका प्लेटफर्म पनि धेरै छन् । यहाँ विभिन्न सामाजिक सञ्जालका केही तथ्यहरू प्रस्तुत गरिएको छ स्

-गत मे महीनासम्म विश्वको जनसंख्या करीब ७ अर्ब ७० करोड पुगेको छ, जसमध्ये इन्टरनेट प्रयोगकर्ता ४ अर्ब ४० करोड छन् ।
-विश्वका ३ अर्ब ४९ करोड ९० लाख मानिसको कुनै न कुनै सामाजिक सञ्जालमा खाता छ ।
-एक मानिसको औसत ७ दशमलव ६ ओटा सामाजिक सञ्जाल खाता छन् । सामाजिक सञ्जालमा मानिस दैनिक औसत १४२ मिनेट बिताउँछन् ।
-९१ प्रतिशत खुद्रा ब्रान्डले दुई वा सोभन्दा बढी सामाजिक सञ्जालको प्रयोग गर्छन् । ८१ प्रतिशत साना तथा मझौला व्यवसायले कुनै न कुनै प्रकारको सामाजिक प्लेटफर्म       प्रयोग गर्छन् ।
-सन् २०१८ मा सामाजिक सञ्जालमा विज्ञापनका लागि ७४ अर्ब डलर खर्च गरिएको पाइएको छ ।
-सन् २०१८ को अप्रिलदेखि २०१९ को अप्रिलसम्ममा सामाजिक सञ्जाल प्रयोगकर्ताको संख्या २० करोड २० लाख बढेको छ । प्रत्येक ६ दशमलव ४ सेकेन्डमा एक नयाँ सामाजिक सञ्जाल प्रयोगकर्ता थपिने गरेका छन् ।
-फेसबूक म्यासेन्जर र ह्वाट्सएपमा दैनिक ६० अर्ब म्यासेज आदानप्रदान हुन्छ ।
-एक सर्वेक्षणका अनुसार ८१ प्रतिशत किशोररकिशोरी आफ्नो जीवनमा सामाजिक सञ्जालले सकारात्मक असर पारेको छ भन्नेमा विश्वास गर्छन् । यस्तै अर्को एक अध्ययनले उनीहरूमा सामाजिक सञ्जालको नकारात्मक प्रभाव परेको देखाएको थियो ।
-५०० कम्पनीमध्ये २० ओटा मात्र फेसबूकमा आफ्ना ग्राहकसँग जोडिने गरेका छन्, जसमा ८३ प्रतिशत कम्पनीको उपस्थिति ट्वीटरमा पनि रहने गरेको छ । मासिक ५० करोड मानिसले लग इन नगरीकन नै ट्वीटर भ्रमण गर्ने गरेका छन् ।
-फेसबूकमा ५० करोड प्रयोगकर्ता दैनिक ८ अर्ब पटक भिडियो हेर्ने गर्छन् । फेसबूकमा प्रतिसेकेन्ड ६ ओटा प्रोफाइल बन्ने गरेका छन् ।
-अमेरिकामा वयस्क मानिस दैनिक औसत १ घन्टा १६ मिनेट डिजिटल डिभाइसबाट भिडियो हेरेर बिताउँछन् । प्रत्येक दिन समग्रमा १ अर्ब घण्टाको भिडियो हेरिन्छ ।
-७८ प्रतिशत मानिस सातामा एकपटक अनलाइन भिडियो हेर्छन्, ५५ प्रतिशतले दैनिक रूपमा अनलाइन भिडियो हेर्छन् ।
-वर्डप्रेसमा मात्र मासिक ७ करोड ब्लग प्रकाशित हुन्छ ।
-अहिले प्रतिदिन ३ अर्ब २० करोड फोटो शेयर हुने गर्छ ।
-गुगलमा १ महीनामा १ खर्ब सर्च हुने गरेको छ । यसमा १ हजार ३०० खर्ब वेबपेज सूचीकृत छन् ।
-युट्युबमा १ मिनेटमा ३०० घण्टाको भिडियो अपलोड हुन्छ ।