इटहरी: इटहरीमा कलेज पढ्ने बिद्यार्थीहरुबीच झगडा हुदा छुरा प्रहार भएको छ ।

इटहरीको विश्व आदर्श कलेजमा होटेल म्यानेजमेन्ट पढ्ने बिद्यार्थीहरुबीच झगडा भएको हो । छुरा प्रहार हुदा एक विद्यार्थी घाइते भएका छन् । कलेजका प्राचार्य गणेश दुलालले भने बिद्यार्थीबी झगडा भएको स्वीकारे पनि कलेजमा नभई बाहिर भएको प्रतिक्रिया दिए । 'को कहाँ गएर झगडा गर्छन् त्यो हामीलाई थाहा हुँदैन,'उनले टेलिफोन सम्पर्कमा भने,'हामी पनि बुझ्ने प्रयासमा छौँ, एकजना विद्यार्थी घाईते भन्ने कुरा आएको छ ।'

प्राचार्य दुलालका अनुसार सुवास गुरुङमाथि चक्कु प्रहार भएको छ । उनी घाईते भएका छन् । 'उनीहरु आफन्त आफन्तै रहेछन्,'दुलालले भने,'हामी पनि बुझिरहेका छौँ ।' यता, इलाका प्रहरी कार्र्लाय इटहरीका डीएसपी धर्मराज भण्डारीले भने आफूहरुलाई घटनाबारे थाहा नभएको बताए । 'झगडा भयो भनेर हामी कलेजमै बुझ्न पनि गयौँ,'उनले भने,'तर सामान्य झगडा भएकाले बाँकी कुरा आएको छैन ।'