झापा: झापाको मेचीनगर नगरपालिका ६ तुर्केनीबाट अन्दाजी एक लाख बराबरको पटकाजन्य बिष्फोटक पदार्थ बरामद भएको छ ।

आज बिहान ७ बजे जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले अबैधरुपमा भारतबाट नेपाल तर्फ ल्याएको ४ कार्टुन बिभिन्न किसिमका पटकाहरु बरामद गरेको हो । यसैगरी कन्काई नगरपालिका ५ सुरुङगाबाट अन्दाजी ७० हजार बराबरको २९ बण्डल पटका बरामद भएको प्रहरीले जनाएको छ ।

बिहान १० बजे बिर्तामोडबाट सुरुङगातर्फ आउँदै गरेको मे १ ख १७१२ नम्बरको बस चेकजाँच गर्ने क्रममा उक्त बसमा लुकाई छिपाई ल्याउँदै गरेको पटका बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।