काठमाडौं : निर्धा्रित समयसीमाभन्दा दुई वर्षपछि देशलाई खुला दिसामुक्त घोषणा गरिँदैछ । शतप्रतिशत घरधुरीमा शौचालय बनाइएकाले यही असोज १३ गते नेपाललाई खुला दिसामुक्त मुलुक घोषणा गरिने भएको हो । नेपाल सरकारको सरसफाइ गुरुयोजना, २०६८ ले नेपाललाई सन् २०१७ मा खुला दिसामुक्त घोषणा गर्ने राष्ट्रिय लक्ष्य तय गरेको थियो । त्यसबीचमा भूकम्प, चुनाव लगायतका कारण शौचालय बनाउने काममा बाधा आइर्पयो । सन् २०१९ मा लक्ष्य पूरा गर्ने मिति सारिएको थियो ।

असोज १३ गते खुला दिसामुक्त मुलुक घोषणासँगै नेपालको पूर्ण सरसफाइसम्बन्धी पहिलो र महत्त्वपूर्ण राष्ट्रिय लक्ष्य र अन्तर्रा्ष्ट्रिय प्रतिबद्धतासमेत पूरा हुँदैछ । गएको साता मात्र ७७ औँ जिल्लाका रूपमा भोजपुरलाई खुला दिसामुक्त घोषणा गरियो । योसँगै नेपाल खुला दिसामुक्त मुलुक भएको छ, जसको घोषणा असोज १३ गते हुँदैछ । खानेपानी मन्त्रालय खुला दिसामुक्त मुलुक घोषणाको तयारीमा लागेको छ । प्रत्येक घरधुरीलाई चर्पीको पहुँच र्पुयाउने खुला दिसामुक्त अवस्थासम्बन्धी मानक पूरा गरेपछि खुला दिसामुक्त घोषणा गर्न लागिएको हो ।