धरान: प्रहरीले धरानको वडा नं १९ का अध्यक्ष पुर्ण लिम्बूको छोरालाई आक्रमण गर्ने युवालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा धरान ९ गौतम पथ बस्ने २५ बर्षीय अब्दुल भन्ने कलाम मियाँ छन् । उनले कपडा सिलाउने कैचीले प्रहार गरेको पनि खुलेको प्रहरीले जनाएको छ । मियाँले बिहिबार साँझ अध्यक्षका २४ बर्षीय छोरा पुजन लिम्बूलाई आक्रमण गरेर घाइते बनाएका थिए । मियाँलाई आज बिहान करिब ८ बजे भानुचोकमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।

बिहिबार गौतम पथमा रहेको कपडा पसलमा कपडा खरीद गर्न पुगेका लिम्बूलाई मियाले कपडा सिलाउने कैचीले आक्रमण गरेको खुलेको डिएसपी न्यौपानेले बताए । उनका अनुसार कैचीले पुजनको दाहिने, बाँया कोखा र पछाडि ढाडमा गरी ३ ठाउँ प्रहार गरेको थियो । ‘पुरानै रिसइबी छ कि जस्तो छ,’भन्ने खुलेको छ,’डिएसपी न्यौपानेले भने ।

churaaa