इटहरी: प्रदेश १ का सामाजिकविकास मन्त्रीजीवन घिमिरले प्रदेश सरकारले खेललाई उच्चप्राथमिकतामा राखेको बताएका छन् ।

मदन भण्डारी स्पोर्टस् क्लब सुनसरीले आयोजना गरेको प्रदेश स्तरीय नकआउट फुटसल प्रतियोगिताको शुक्रबार उद्घाटन गर्दै मन्त्री घिमिरले प्रदेश सरकारले खेललाई उच्चप्राथमिकतामा राखेको बताएका हुन् । ‘प्रदेश सरकारले खेललाई उच्चप्राथमिकतामा राखेको छ,’उनले भने, ‘खेल क्षेत्रलाई स्वास्थ्य प्रर्बधनको हिसाबमा पनि विकास गर्न सकिन्छ ।’ घिमिरेले प्रदेश १ मै इटहरीलाई खेलको नगरीकारुपमा विकास गर्ने बताए । उनले भने,‘इटहरी मात्र नभएर सुनसरीलाई नै खेलग्रामको रुपमाविकास गर्नुपर्छ ।’

उनले सबै प्रदेश भन्दा १ नं. प्रदेशले खेल क्षेत्रमा बढी बजेट बिनियोजन गरेको बताउँदै खेलकुदले जीविका चलाउने माध्यम बनाउनुपर्ने तर्क गरे । ‘हामीले प्रदेशका १४ वटै जिल्लामा उत्कृष्ट रंगशाला बनाउन बजेट छुट्याएका छौं,’उनले भने । इटहरीमा प्रदेशस्तरीय फुटसल प्रतियोगिता हुनु सुखद् रहेको तर्क गरे ।शनिबारसम्म सञ्चालन हुने प्रतियोगितामा २४ वटा टिम सहभागी भएको आयोजकका सदस्य तथा सञ्चार संयोजक प्रकाश तिम्सिनाले जानकारी दिए ।

मदन भण्डारी स्पोर्टस् एकेडेमी सुनसरीका अध्यक्ष होमनाथ धमलाका अनुसार खेलको बिजेता टिमले नगद १ लाख १ हजारसहित ट्रफि पाउनेछ भने उपविजेता टिमले नगद ५१ हजार पाउनेछ । शनिबार २ बजे फाइनल खेल आयोजना हुनेछ । फाइनल खेलमा मुख्यमन्त्री शेरधन राई आउने कार्यक्रम रहेको छ ।