धरान : धरान ६ स्थित निर्धन उत्थान लघुवित वित्तिय संस्था लिमिटेड शाखा कार्यालय पाँचकन्याले मृतक परिवारका सदस्यलाई बिमा रकम प्रदान गरेको छ ।

लघुवित्त संस्थाले स्थानिय महिलाहरुको समूह बनाई उक्त समूह मार्फत विना धितो कर्जा प्रवाह गर्दै आएको छ । त्यसै अन्र्तगत धरान ं ६ स्थित पोखराटोलमा गठन भएको पोखराटोल महिला स्वावलम्बी समुहकी सदस्य धन कूमारी राईको निधन भएपछि निज सदस्यले पाउने बिमा रकम शुक्रबार एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको छ ।

मृतक का श्रीमान तुलसी राई लार्ई विमा बापतको रकम रु ९७ हजार ५ सय रुपैया शाखा कार्यालय पाँचकन्या शाखा प्रमूख टिकाराम गिरीले प्रदान गरे । सस्थाका अनूसार समुहका सदस्यले कर्जा लिए बापत बैंकको बिमा नियमअनूसार सदस्यको कालगतीमा मृत्यू भए बापत १ सय ३० प्रतिशत र दुर्घटनामा मृत्यू भए बापत २ सय प्रतिशत साथै सदस्यको श्रीमानको मृत्यु भएमा १४ हजार क्षतिपूर्ति बापतको रकम दिने व्यवस्था गरिएको शाखाका कर्मचारी चुडामणी पौडेलले जानकारी दिए ।