झापा : विगत केहि दिनयता मौषममा आएको फेरबदलका कारण शुरु भएको बर्षाले पूर्वी नेपालको जनजिवन प्रभावित बनेको छ ।
क्षणभरमै मौसम खुल्ने र एकै छिनमा आकाश छोपिने मौषमी उतार चढाबले मुलुकका धेरै स्थानमा वर्षा गराई रहेको छ । यस्तै कतिपय स्थानमा अति बृष्टि र अनाबृष्टि तथा खण्ड बृष्टि हुने गरेको छ । बर्षाका कारण झापा अधिकांश स्थान जलामय बनेका छन । नजिकै रहेको चुरेबाट आएका छोटो दुरीका खोला तथा खोल्साहरुमा बढिमात्रामा बाढी प्रकोप देखिएको छ भने झापाको तल्लो क्षेत्रमा नदि कटानको उच्च जोखिम बढेको छ । झापाको मुख्य नदिहरु कन्काई माई, बिरिङ, कमल, रतुवा र मावा खोलामा बाढिको बहाब बढ्दै गएको छ ।

जसका कारण यि नदि आसपासका क्षेत्रमा पसाउनै लागेको धानलाई क्षति पुर्याउने खतरापनि उत्तिकै देखिएको छ । असोजको दोस्रो सातामा आएको मौषमी फेरबदलले गराएको बर्षा संगै दमकको रतुवा र मावा खोलामा आएको बाढिले यस आसपासका क्षेत्रमा निकै चुनौती थपिदिएको दमक १० का किसान खड्ग प्रसाद न्यौपानेले गुनासो गर्नुभयो । दमक चक्रपथको पूर्व पश्चिमा दुबै क्षेत्रमा नदि कटानको समस्याले विगत देखिनै यस क्षेत्रका स्थानीयलाई दुःख दिनेगरेको र धेरैलाई बसाई समेत हिनाई सकेको न्यौपानेले गुनासो गरे । दमकको पूर्वी भाग भएर बग्ने रतुवा खोला र पश्चिमबाट बग्ने मावा नदिमा आउने बाबिीाट प्रत्येक वर्ष दमक १० का सर्वसाधारणले सास्ति खेप्दै आई रहेका छन् । यि दुबै नदिको दिगो व्यावस्थापन हुन नसक्दा हजुरबाले भोगेको समस्या अहिले नाती सम्मले पनि भोग्नु परिरहेको अर्का स्थानीय किसान रमेशकुमार न्यौपानेले गुनासो गरे ।