झापा : झापाको गौरादह नगरपालिका ७ मा निर्माण हुन लागेको श्री दुर्गा सामुदायिक भवनको प्रदेश नं १ प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले शिलान्यास गर्नुभएको छ ।

आज एक कार्यक्रमको आयोजना गरि मन्त्री कार्कीले सो सामुदायिक भवनको शिलान्यास गर्नुभएको हो । १ नं प्रदेश सरकार बाट बिनियोजित १ करोड १४ लाखको लागतमा गौरादह नगरपालिका वडा नम्बर ७ मा सामुदायिक भवन बन्न लागेको हो । कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका मन्त्री कार्कीले भवन निर्माण तोकिएकै समयभित्र निर्माण सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन समेत दिए । उनले यो भवन निर्माणका क्रममा बजेट अभाव हुन नदिने प्रतिबद्धता समेत जनाए । कार्यक्रममा नगर प्रमुख रोहित शाहको समेत उपस्थिती रहेको थियो ।