इटहरी : प्रदेश नं. १ की उपसभामुख सरस्वती पोखरेलले जडिबुटी संरक्षणका लागि प्रदेश सरकार गम्भीर भएको बताएकी छिन् ।
नेपाल आयुर्वेद व्यवसायी संघ केन्द्रीय कमिटिको आयोजना तथा प्रदेश १ को संयोजनमा इटहरीमा आयुर्वेद व्यवसायीहरुका लागि एक दिने प्रशिक्षण कार्यक्रमको उद्धघाटन गर्दै पोखरेलले नेपालमा आयुर्वेदका लागि प्रयोग हुने जडिबुटीको लोप हुँदै गएकाले त्यसको संरक्षण र प्रबर्धनका लागि प्रदेश सरकार गम्भीर भएको उनले बताएकी हुन् ।

हाम्रो प्रदेशका दुर्गम पहाडी भेगमा पाइने अति दुर्लभ र उपयोगी जडिबुटी संरक्षणका लागि प्रदेश सरकारर गम्भीर रहेको छ, उनले भनिन्, ‘नेपालको पनि प्रदेश १ मा बिशेष रुपमा पाईने यो जडिबुटीको संरक्षण गर्न कठीन भएपनि हामी गम्भीर रहेका छौँ ।’ उनले प्रदेश १ का पहाडी जिल्लाहरुमा महत्वपूर्ण जडिबुटी उत्पादन हुने भएकाले यसले प्रदेशका कृषकहरु देखि व्यापारीलाई समेत लाभान्वित हुने बताए । उनले करोडौँ मूल्यको जडिबुटी प्रदेश १ मा पाईने भएकाले यसको प्रबर्धन गरेमा आँफूहरु स्वास्थ्यको समेत धनी बन्ने तर्क गरिन् ।

नेपाल आयुर्वेद औषधी ब्यवसायी संघका केन्द्रीय अध्यक्ष जंगराज गिरीको सभाध्यक्षमा सम्पन्न कार्यक्रममा प्रदेश १ का झण्डै डेढ सय बढी आयुर्वेद व्यवसायीहरु प्रशिक्षणमा सहभागी भएका थिए । कार्यक्रममा आयुर्वेद व्यवसायी संघ प्रदेश १ का अध्यक्ष जगत बहादुर भट्टराईले प्रदेश १ मै आयुर्वेद व्यवासायीहरुका लागि यस्तो खालको कार्यक्रम नभएकाले उक्त कार्यक्रमको आयोजना गरिएको बताए । व्यवसायीहरुलाई स्वास्थ्य सम्बन्धी सचेतना गर्नका लागि सहज होस् भनी यो कार्यक्रम आयोजना गरिएको हो, उनले भने ।

डा. शारदा खनाल, सञ्जय घिमिरे, औषधि दीपेन्द्र खडकाले प्रशिक्षण दिएका थिए । कार्यक्रममा आयुर्वेद औषधीहरूको उपभोग गर्ने तरीका, गुण, मानवस्वास्थ्यमा आयुर्वेदको फाइदा, बेफाइदा, ब्यवसाय गर्दा अपनाउनुपर्ने बिधि कानुनहरूको बिषयमा प्रशिक्षण दिइएको थियो । कार्यक्रममा स्वागत मंतब्य राख्दै व्यवसायी संघ प्रदेश १ का सचिव जीपी तिवारीले आयुर्वेद क्षेत्रमा चुनौती सँगै प्रहार रहेको बताए ।