धरान: सुनचाँदीका गरगहनाको व्यापारमा उत्कृष्ट बराह ग्रुपले रजत महोत्सवको अवसर पारेर डाइमण्डको पनि व्यापार शुरु गरेको छ ।

बराहले शनिबारदेखि डाइमण्डको बिक्रि वितरण शुरु गरेको हो । बराहले प्रत्येक वर्ष बार्षिकोत्सवको अवसरमा नयाँ लगानी थप्ने गरेको छ । सोही वमोजिम बराहले यस वर्षदेखि डाइमण्डको व्यापार शुरु गरेको हो । बराहले भोली सोमबार २५ औं बार्षिकोत्सवको अवसरमा रजत महोत्सव मनाउँदै छ । बराह ग्रुप अन्र्तगतको बराह ज्वेलरी ईण्डष्ट्रिज प्रालिबाट डाइमण्ड व्यापार शुरु गरेको अध्यक्ष शिवकुमार लामिछानेले जानकारी दिए । उनका अनुसार शनिबारदेखि धरान, पोखरा, चितवन र काठमाण्डौंको दुई स्थानमा शाखाहरुबाट डाइमण्डको व्यापार शुरु गरिएको छ । डाइमण्डको व्यापार महंगो भए पनि शौखिनहरुको माग बढ्दै गएको छ । ‘क्यानाडा, रसियाको माइल्सबाट उत्पादन भएको डाइमण्डहरु ल्याएका छौं, इन्टरनेशनल सर्टिफाइट गरेर खरिद बिक्रि गर्छौ,’अध्यक्ष लामिछानेले भने ।

baraha1

बराहले डिभाइन कम्पनीसँगको सहकार्यमा डाइमण्डको व्यापारमा शुरु गरेको हो । बराहको ज्वेलरी शाखाले नेपाली परम्परागत सुनचाँदीको गरगहना बनाएर बिक्री वितरण गर्दै आएको छ । दशै तथा तिहारको अवसर पारेर डाइमण्डको बिक्रीमा विशेष छुटसहित ग्राहकलाई उपहारको व्यवस्था गरिएको बराहले जनाएको छ । २४ वर्ष अघि सुनचाँदी पसलबाट शुरु भएको बराहले २५ वटा व्यवसायीक सेवाहरुमा लगानी बढाएको छ । धरानबाट शुरु भएको बराहको शाखा हालसम्म पोखरा, चितवन, धनकुटाको भेडेटार, काठमाण्डौंमा न्युरोड, पिपलबोटमा व्यवसायिक शाखाहरु बिस्तार गरिसकेको छ । यस्तै, अन्तराष्ट्रियस्तरमा युके, हङकङ, दुबई, चिनमा सेवा शाखाहरु बिस्तार गरेको छ ।

रजत महोत्सवमा स्टल पनि राखिने

baraha2

बराहले रजत जयन्ती समारोहमा धरान ८ स्थित सभागृहमा सुनचाँदीका गरगहनासहित डाइमण्डको स्टल, गरगहना निर्माणको प्रत्यक्ष अवलोकन, व्यवसायिक केन्द्रहरुबाट उत्पादन भएका खाद्यान्नहरुको स्टल समेत राख्ने भएको छ । रजत महोत्सवको अवसरमा कर्मचारीहरुलाई पुरस्कार, उत्कृष्ट ग्राहकहरुलाई गोल्डमेडलसहित सम्मान तथा पुरस्कृत गर्ने कार्यक्रम रहेको बराहले जनाएको छ ।