इटहरी: ६ लेनको कोशी राजमार्ग सडकको काम बीचैमा रोकिदा स्थानीयबासीसँगै सर्वसाधारणहरुले ठुलो सास्ती व्यहोर्नु परिरहेको छ ।

घाम चर्किदा घुलोको सास्ती व्यहोर्नुपर्छ भने पानी पर्दा बाटो हिलाम्य हुन्छ । केही दिन यताको निरन्तर झरीले यो सडक हिड्न नसक्ने अवस्था छ । पैदल मात्र होइन, सवारीको साधनलाई पनि समस्या छ । ‘निरन्तर पानी पर्दा हिलोले सवारी चलाउन समस्या हुन्छ,’इटहरी १३ खनारकय मनोज निरौलाले भने,‘घाम लाग्दा धुलोले हिडि नसक्नु हुन्छ । पानी पर्दा ठुलो गाडीले हिलो छ्याप्दै गुड्छ ।’ सडक निर्माणको काम सुस्त हुदा सडकको बीचमा ठुलो खाल्डा भएकोले दुर्घटनाको जोखिम बढेको उनले बताए ।

काम ढिलाई हुदा इटहरी–धरान सडकखण्डअन्र्तगतको सडकमा ठुल्ठुला खाल्डा बनेको छ । जसमा पानी भरिएर बर्षाको बेला दुर्घटनाको जोखिम छ । इटहरी ८ कय विपिन लम्सालका अनुसार रातको यात्रामा हिड्दा अझ समस्या हुन्छ । सडकमा अध्यारोमा सवारी चलाउँदा दुर्घटनाको जोखिम रहेकोले यो सडक चाडै निर्माण सम्पन्न गर्न उनले सम्बन्धित निकायको ध्यानाकर्षण गराए । उनले भने,‘दिउँसो यात्रा गर्दा पनि उत्तिकै समस्या छ, खाल्डो पुरेको हप्ता, १० दिनमा नै भत्किन्छ ।’

6-len-road

सडक विभागका इञ्जिनियर सागर बडालले काम भइराखेको भए पनि लक्ष्य अनुसार भने गर्न नसकेको स्वीकार गरे । बर्षाले पनि अवरोध पुगेको उनको भनाई छ । ‘हामीले लक्ष्य अनुसारको काम गर्न सकेनौं,’उनले भने,‘बर्खाले नछोडेकय कारण समस्या छ, अब दशैं तिहारपछि लगातार काम हुन्छ ।’
उनले चाडपर्व नजिकिए पछि काम गर्ने मान्छेको पनि अभाव भएकोले काम प्रभावित भएको बताए ।

बर्षासँगै बाटोको बीचमा रहेको बिजुलीको पोल पनि काम ढिलाई हुनको कारण भएको बडाल बताउँछन् । ‘पोलको मुख्य समस्या छदैं छ, काम गर्दै जाँदा समस्या निस्कन्छ नै,’उनले भने, ‘तिहारपछि काम हुन्छ, अब डेढ महिना देखि दुई महिनामा धेरै काम सक्छौं ।’ उनले ३३ केभीको बिजुलीको पोल हटाउन गत बर्षको कात्तिकदेखि पटक–पटक आग्रह गरे पनि विद्युत प्राधिकरणले अटेर गरेको बताए । उनले भने,‘३३ केभीले अत्यन्त समस्या छ, अघिल्लो कात्तिकमा हामीले कुरा राखेको हो, अझै समस्याको समाधान भएको छैन ।’

इटहरीदेखि तरहराको पानीपियासम्मको साढे ५ किलोमिटर सडक निर्माण आगामी बैशाख २१ गतेभित्र सक्नुपर्नेछ । तरहराको पानीपियादेखि आँपगाछीको यातायात कार्यालयसम्म आशिष निर्माण सेवाले ठेक्का पाएको छ । उता इटहरीसम्म कान्छाराम कन्ट्रक्सनले ठेक्का पाएको छ । ६ लेन सडकको कामले पछिल्लो समय तीब्रतानपाउँदा सडकमा यात्रागर्न कठीन हुने गरेको स्थानीयबासीले गुनासो गर्दै आएका छन् ।

6-len