धरान : सनराइज बैंकको १२ औं बार्षिकत्सवको अबसरमा धरान शाखाले आइतबार संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पुर्नस्थापना तथा असहाय केन्द्रमा सहयोग सामग्री वितरण कार्यक्रमको आयोजना गरी मनाएको छ ।

सनराइज बैंक, धरान शाखाले धरान ९ स्थित रहेको अपांग पुर्नस्थापना तथा असहाय केन्द्रमा रहेका वृद्धवृद्धा, दृष्टिविहिनल, तथा अपांग व्यक्तिलाई खाद्यान्न सामग्री, ब्ल्याङ्केट लगायतका सामग्रीहरु वितरण गरी १२ औं वार्षित्सव मनाएको हो । त्यसैगरी सोही कार्यक्रम अन्तर्गत सनराइज बैंक धरान शाखाका कर्मचारीहरुले इराकमा घरेलु हिङ्सामा परी घाइते भएकी शान्ता राइको घर निमार्णका लागी १० हजार रुपैयाँ सहयोग गरेको छ ।

धरान ९ का वडाध्यक्ष रत्न कट्वालले उक्त कार्यक्रमलाई सम्बोधन गर्दै सनराइज बैंक धरान शाखाको यस्तो सामाजिक कामलाई धन्यवाद दिए । वडाध्यक्ष कट्वालले बैंकले नाफामुखीमात्र काम गर्दैन, सामाजिक सेवामुखी काम पनि गर्ने स्पष्ट पारे ।

1 11

2 4