भोजपुर: भोजपुरको षडानन्द नगरपालिका १३ स्थित पातालमा मलामी गएर फर्कर्दै गरेका २ व्यक्तिमाथि कुटपिट भएको छ । मलामी कुटपिटमा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आईतबार साझँ ७ बजेको समयमा मलामीबाट फर्किने क्रममा ४० बर्षीय ईन्द्रध्वज तामाङ र अन्दाजी ३३ बर्षीय अम्मर बहादुर तामाङमाथि कुटपिट भएको थियो । उनीहरुलाई सोही स्थान बस्ने ३१ बर्षीय रिकमान तामाङ, ३६ बर्षीय प्रेममणी तामाङ , ३५ बर्षीय चन्द्र कुमार तामाङ र २१ बर्षीय सन्तबिर तामाङले आक्रमण गरेका थिए ।

प्रहरीका अनुसार उनीहरुले पुरानो रिबइबीको कारण कुटपिट गरी घाईते बनाएको अनुसन्धानबाट खुलेको छ । घाईते २ जनाको स्थानीय स्वास्थ्य चौकी बोयामा उपचार भईरहेको छ भने कुटपिट गर्ने चारै जनालाई प्रहरी चौकी बोयाले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।