धरान: स्वदेशमा मात्र होइन, विदेशमा पनि आफ्नो व्यापार तथा व्यवसाय विस्तार गर्न सफल बराह ग्रुपको २५ औं बाषिकोत्सव तथा रजत जयन्ती समारोह अहिले भव्यरुपमा जारी छ ।

धरान ८ स्थित सभागृहमा जारी रजत जयन्ती समारोहको उद्घाटन नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले गरेका थिए । कार्यक्रमका बिशिष्ट अतिथि एवं कृर्षि तथा पशुपंक्षी राज्यमन्त्री रामकुमारी चौधरी, प्रदेश सभाका उपसभामुख सरस्वती पोखरेल, प्रदेश सांसद उमिता बराइली, सावित्री जोशी श्रेष्ठलगायतको उपस्थिति रहेको छ । समारोहलाई प्रमुख अतिथि एवं मन्त्री यादव, राज्यमन्त्री चौधरी, धरान उपमहानगरपालिकाको तर्फबाट वडा नं १३ का अध्यक्ष नेत्र काफ्ले, रत्न तथा आभुषण संघकी केन्द्रीय अध्यक्ष ज्योती श्रेष्ठ,चर्चित पत्रकार ऋर्षि धमलालगायतले सम्बोधन गरेका छन् ।

baraha-group1

रजत जयन्ती समारोहलाई भव्यरुपमा मनाउने क्रममा बिहानैदेखि सभागृह परिसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो भने विभिन्न स्टलहरु पनि राखिएको छ । बराह ग्रुपका अध्यक्ष शिव लामिछानेको अध्यक्षतामा आयोजित रजत जयन्ती समारोहमा सञ्चारकर्मी, चिकित्सक, समाजसेवीका साथै बराहका उत्कृष्ट कर्मचारी, ग्राहकहरुलाई पनि सम्मान गरिएको थियो । यस्तै, ज्वेलरी शो पनि आयोजना गरिएको थियो । ज्वेलरी शोमा शो टपरकोरुपमा चर्चित नायिक तथा मोडल रिमा विश्वकर्मा प्रस्तुत भएकी थिइन् । समारोहमा पदम विश्वकर्माद्धारा लिखित इन्द्र स्मृति ग्रन्थ निसिपको पनि लोकार्पण गरिएको थियो । रजत जयन्ती समारोहमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुकोसमेत प्रस्तुती रहने मनोरञ्नात्मक कार्यक्रम अहिले जारी छ ।
barah1 baraha baraha3 baraha-4 baraha-group3 baraha60

barahaa1