इटहरी: सोमबार राती इटहरीमा एक युवतीलाई जबरजस्ती करणी गर्ने पक्राउ परेका छन् ।

धरानबाट बिराटनगर जाँदै गरेको को १ ख ४६२७ नम्बरको खाम्दाके यातायातका कन्टेक्टर नितेश घिमिरे, सुमन मग्रान्ती र आशिष कार्कीले बसको ढोका बन्द गरी इटहरी १० स्थित साथी प्रेटोल पम्प नजिकै जबरजस्ती करणी गरेको ईलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए । उनका अनुसार घटना राती करीब १० बजे भएको हो । ‘बसका पुरानो कन्टेक्टर नितेश भन्नेले रक्सी समेत खुवाएर ती युवतीलाई मुख थुनेर बलात्कार गरिरहेका रहेछन्,’ भण्डारीले भने, ‘बसका स्टाफ तथा अन्य बसका स्टाफहरुको समेत मिलेमतो रहेछ ।’

उनले घटनामा संलग्न मोरङ सुन्दरहरैँचा नगरपालिका वडा नं. १२ का ३३ बर्षीय बिकास कसाई, झापा सुरुङ्गा नगरपालिका ४ बस्ने २२ बर्षीय सुरज थापा, सिरहाको लहान नगरपालिका ४ बस्ने २७ बर्षी सुरेन्द्र भुजेल, मोरङ बेलबारी ७ बस्ने आशिष कार्कीलाई पक्राउ गरेको जानकारी दिए । त्यस्तै, सुमन मग्राती र नितेश घिमिरे फरार रहेकाले उनीहरुको खोजी कार्य भईरहेको ईलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । उनीहरुमाथी करणी मुद्धामा कसुर सजाय हुने बताउँदै थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।