पाँचथर : पर्यटन वर्ष २०२० लाई लक्षित गरेर पाँचथरको फिदिम नगरपालिका वडा नम्बर ३ लालीखर्कमा सामुदायिक होमस्टे सञ्चालनमा ल्याइएको छ ।

प्रदेश १ का सांसद सिता थेवेले प्रदेश १ पर्यटन वर्ष २०२० लाई सफल पार्न पूर्वका सम्भावना बोकेका धार्मिक, ऐतिहासिक र पर्यटकीय स्थलहरुलाई प्रचार प्रसार गरी अघि वढ्ने जानकारी दिइन ।

जिल्ला समन्वय समिती पाँचथरको आयोजना तथा स्थानीय संघ संस्थाको सहआयोजनामा अहिले लालीखर्कमा १० वटा र बतासेमा २० वटा घरमा होमस्टे सञ्चालन गरिएको छ । होमस्टे सञ्चालनसँगै जिल्ला पर्यटक बढ्ने आशा स्थानीयको छ ।