काठमाडौं : जापानले पहिलो चरणमा नेपालबाट १ हजार केयरगिभरका लागि श्रमिक माग गर्ने जनाउँदै आवेदन खुला गरे पनि नेपाल सरकारको अनुरोधमा सो संख्यामा केही थप गर्ने भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपालस्थित जापानी दूतावाससँग छलफल गरेर पूर्व्निर्धा्रित १ हजारभन्दा बढी नेपाली युवाको माग संख्या बढाउन अनुरोध गरेको हो ।

मन्त्रालयका सहसचिव उमेश ढुंगानाले १ हजारमात्र नेपालीलाई केयरगिभरमा जापान लैजाने निर्णयलाई पुनरावलोकन गर्न काठमाडौंस्थित जापानी राजदूतावासमार्फत त्यहाँको सरकारलाई अनुरोध गरेको बताए । कारोबार दैनिकबाट