पाँचथर : आपराधिक क्रियाकलाप न्यूनीकरण गर्न चाडपर्व नजिकिएसँगै पाँचथरमा सवारी चेकजाँचमा कडाई गरिएको छ । अहिले मेचीराजमार्गको विभिन्न स्थानमा सवारी चेकजाँचलाई कडाई गरिएको हो ।

राँके, पौवाभन्ज्याङ, फिदिम, जोरपोखरी, गणेश चोक, भानु चोक, कावेलीलगायतका स्थानमा सवारी चेकजाँचलाई कडाई गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाँचथरका प्रमुख जनक तिम्सिनाले जानकारी दिए ।

दशैँ, तिहार र छठसम्म चेकजाँच गरिने बताइएको छ । चाडपर्वको बेला साना हातहतियार ओसारपसार हुन सक्ने, झैझगडा हुन सक्ने, सवारीमा सिटभन्दा बढी यात्रुहरु राख्ने हुँदा सवारी चेकजाँचलाई कडाई गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक सिद्धराज न्यौपानेले बताए ।