धरान: धरानको चर्चित पर्यटकीय क्षेत्र बगरकोटमा मनोरञ्जनको लागि लोकदोहरी पनि थपिएको छ ।

बगरकोटमा पहिलो पटक लोकदोहोरी साँझ लाउन्ज एण्ड बार सञ्चालनमा आएको हो । यो लोकदोहोरीको मंगलबार एक कार्यक्रमबीच धरान १५ का अध्यक्ष नरेश इवारमले उद्घाटन गरेका थिए । कुल १ कठ्ठा १५ धुर क्षेत्रफल रहेको लोकदोहारी १० लाखको लागतमा सुरू गरीएको लाउन्जका प्रबन्ध निर्देशक नरेन्द्र इवारमले बताए । उनका अनुसार कुल १२ जनाको साझेदारी छ ।

यसको संस्थापक अध्यक्ष तथा संरक्षक धरानका समाजसेवी अकलबहादुर मेन्याङ्बो छन् । हाल ३२ जना कर्मचारी र ७ जना कलाकारहरू कार्यरत रहेको सञ्चालकहरुले जानकारी दिए । लाउञ्ज विहान१० बजेदेखि राती साढे १० बजेसम्म संचालन हुनेछ । यही असोज २१ गतेसम्म सबै सेवाहरूमा १० प्रतिशत छुट रहने लाउन्जका व्यवस्थापक शुक्र मेन्याङ्बोले जानकारी दिए ।

DSC_0386

पारिवारिक वातावरण, सुरक्षाको ग्यारेण्टी हुने लाउन्जमा साँझ ६ बजेदेखि साढे १० बजेसम्म पूर्वेली तथा पश्चिमेली लोक भाकाहरूको प्रस्तुती हुने व्यवस्थापक मेन्याङ्बोले बताए । यहाँ माछाको परीकार, पिज्जा साथै अर्डर अनुसार सबै प्रकारको खानेकुरा उपलब्ध हुने उनले बताए । सुरक्षाको लागी सिसि क्यामेरा, सुरक्षा गार्ड र बाउन्सर पनि राखिएको सञ्चालकले जानकारी दिएका छन् । विभिन्न अवसरहरूमा राष्ट्रिय कलाकारहरूको पनि प्रस्तुती रहने बताइएको छ ।