सुनसरी: एनसेलले इटहरी उपमहानगरपालिकालाई १२ लाख ९८ हजार कर तिरेको छ ।

टावर र एनसेल सेन्टरको वहालकर र ब्यवसायकर गरि १२ लाख ९८ हजार ८ सय ४९ कर तिरेको राजश्व परामर्श समिति इटहरी उपमहानगरकी संयोजक उपमेयर लक्ष्मी गौतमले जानकारी दिइन् । इटहरीमा एनसेनका २८ वटा टावर छन् ।

कर शाखाका अर्जुन सुवेदीका अनुसार टावर राखेको र एनसेल सेन्टरको वहालकर वक्यौता समेत गरि ५ लाख २३ हजार ८सय ४९ रुपैया कर तिरेको हो । यसैगरि आर्थिक बर्ष ०७६/०७७ को टावर राखेवापतको ब्यवसाय कर ७ लाख र एनसेल सेन्टरको ब्यवसाय कर ७५ हजार गरि १२ लाख ९८ हजार ८सय ४९ कर तिरेको हो ।