धरान: संसद सचिवालयकै महिला कर्मचारीमाथि यौन दुव्र्यवहार गरेको आरोप लागेपछि सभामुख पदबाट राजिनामा दिएका कृष्णबहादुर महराको राजिनामा बारे संसद सचिवालयले सुचना टाँस गरेको छ ।

हिजो मंगलबार नै राजिनामा दिएका महराको राजिनामाबारे आज सचिवालयले सुचना टाँस गरेको हो । महराले महिला कर्मचारीलाई घरमा नै पुगेर बलात्कार प्रयास गरेको र कुटपिट गरेको घटना सञ्चारमाध्यमबाट सार्वजनिक भएपछि राजिनामा दिएका थिए । घटना सार्वजनिक भएलगत्तै पार्टीले उनलाई सभामुख र सांसद पदबाट राजिनामा दिन निर्देशन दिएको थियो ।

संसद सचिवालयले टाँस गरेको सुचनामा भनिएको छ,'सम्माननीय सभामुख श्री कृष्णबहादुर महराले मिति २०७६ साल असोज १४ गते हिजोदेखि विभिन्न सञ्चार माध्यममा मेरो चरित्रमा गम्भीर प्रश्न उठाई लगाइएको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबिनका लागि अनुसन्धान गर्न सहज होस् भनी नैतिकताका आधारमा आजकै मितिदेखि राजीनामा दिएको छुू भनी प्रतिनिधि सभाको सभामुख पदबाट राजीनामा दिनुभएकाले माननीय उपसभामुखज्यूको आदेशानुसार प्रतिनिधि सभा नियमावली २०७५ को नियम २११ को उपनियम ९२० बमोजिम यो सूचना प्रकाशित गरिएको छ ।'

वेभसाइटबाट हटाइयो नाम

Mahara 1

सभामुखबाट राजिनामा दिएका कृष्णबहादुर महराको नाम संसद सचिवालयको वेभसाइटबाट हटाइएको छ । महराको राजीनामाबारे संसद सचिवालयले बुधबार सूचना टाँस गरेसँगै वेभसाइटबाट उनको नाम हटाइएको हो । साइटमा सम्माननीय सभामुख भनिएको ठाउँ खाली छ । त्यहाँ सभामुखको नाम र फोटो राखिन्छ । त्यसमुनि उपसभामुख डा शिवमाया तुम्बाहम्फेको नाम र तस्बिर छ ।