झापा: झापाको बिर्तामोड नगरपालिका ७ गरामनीबाट पाँच लाख बराबरको अबैध लत्ता कपडा बरामद भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले भद्रपुरबाट बिर्तामोड तर्फ आउँदै गरेको मे १ ज १७४६ नम्बरको पिकअप भ्यानलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त भेन भित्र साडी, मर्फिनको कपडा तथा सुतीको दरी गरी अन्दाजी ५ लाख बराबरको कपडा बरामद गरेको हो । बरामद भएको कपडा तथा गाडी समेत आवश्यक अनुसन्धान तथा कारवाहीको लागि क्षेत्रिय राजश्व अनुसन्धान कार्यालय ईटहरी बुझाईने उक्त कार्यालयले जनाएको छ ।