पथरी: मोरङ्गको पथरीशनिश्चरे १ सुनखरी फुटवल मैदानमा असोज २९ देखी कार्तिक ६ सम्म दोश्रो पथरीशनिश्चरे खुल्ला नकआउट फुटवल प्रतियोगिता सञ्चालन हुने भएको छ ।

आयोजक सुनाखरी युवा क्लवले पत्रकार सम्मेलन आयोजना गरि प्रतियोगिताबारे जानकारी दिएको हो । प्रतियोगिताको विजेताले ८१ हजार १ सय ११ रुपैयाँ र ट्रफि प्राप्त गर्ने छ भने उपविजेताले ५१ हजार १ सय ११ रुपयाँ र ट्रफि प्राप्त गर्ने खेल संयोजक नविन ढकालले जानकारी दिए ।

यस्तै विधागत रुपमा उत्कृृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स र उत्कृष्ट स्टाइकरलाई समेत पुरस्कृत गरिने भएको छ । दैनिक खेलको म्यान अफ दि म्याचले समेत पुरस्कार प्राप्त गर्ने छन् । आयोजकसहित ८ टोली सहभागी रहने सो प्रतियोगीतामा झापा, मोरङ्ग र सुनसरीका फुटवल टोलीले प्रतिष्पर्धा गर्ने भएका छन् ।

आयोजकका अनुसार प्रतियोगितामा आयोजक, पथरी ११, एपिएफ झापा, दमक फुटवल क्लव, पञ्चायन पिएफसि सुनसरी, योसेक फुटवल क्लव, लेटाङ्ग फुटवल क्लव र डागीहाँट फुटवल क्लवलेसहभागीता जनाउने आयोजकले जनाएको छ । पथरीशनिश्चरे नगर खेलकुद विकास समितिको प्राविधिक सहयोगमा सम्मन्न हुने प्रतियोगिताको पहिलो संस्करण लेटाङ्ग फुटवल क्लवले जितेको थियो ।