इटहरी:दशै, तिहार लगायतको चाडलाई लक्षित गर्दै इटहरीमा मात्र ५ सयमा कपडा, जुक्ता, चस्मा, गिफ्ट आइटम लगायतको सामग्री बिक्रि बितरण गर्ने उद्देश्यले सस्तो पसल इटहरी ५०० कलेक्सन सञ्चालनमा आएको छ ।

चाड पर्वमा धेरै जसो लत्ताकपडा बिक्रि बितरण हुने भएको कारण उपभोक्तालाई लक्षित गर्दै रु ५ सयमा मात्र पाउने गरि बिभिन्न सामग्रीको बिक्रि बितरण गर्ने गरि यो पसल सञ्चालनमा ल्याएको सञ्चालक प्रविन उदासले जानकारी दिए । सस्तोमा गुणस्तरिय सामग्रीको बिक्रि बिरतरण गर्ने उद्धेश्य सहित इटहरी हटियालाईनमा यो व्यवसायको सञ्चालन भएको हो । व्यवसायको उदघाटन गर्दै उद्योग वाणिज्य संघ इटहरीका बरिष्ठ उपाध्यक्ष दिवस पोख्रेलले सस्तो पसल सञ्चालनमा आउनु उपोभोक्तालाई राम्रो भएको बताए ।