इटहरी: लायन्स क्लब अफ तरहरा, इटहरीले सुनसरीको इटहरीमा रहेको माया घर नेपालमा बिभिन्न खाद्यन्न, लत्ता कपडा लगायतको सामग्री बितरण गरेको छ ।

असहाय, मानसिक सन्तुलन गुमाएका करिब ३० जना भन्दा बढिलाई आश्रय प्रदान गर्दै आएको माया घरमा दशैको अवसरमा लायन्स क्लब तरहराले खाद्यन्न, लत्ताकपडाहरु बितरण गरिएको हो । मायाघरमा रहेकाहरुलाई करिब २५० केजि चामल, दाल, एक बोरा भुजा, ४० जोर कपडा, पानी, गुन्द्रुक लगायतको बितरण गरिएको क्लबकी अध्यक्ष मेनुका गिरीले बताइन् । मायाघरले सञ्चालन गरेको योजना मानवीयताको प्रतिक भएको भन्दै यस्तो कार्यमा लायन्स जहिले पनि सहयोग गर्न अग्रसर भएको गिरीले बताईन् ।

कार्यक्रमका प्रमुख अतिथि डिष्ट्रिक गभनर इन्द्र खत्रिले पनि एक महिनाको खाना, १५ हजार नगद र एउटा टवाईलेट निमार्ण गरिदिने उद्घोष गरेका छन् । त्यसैगरि पोषराज नेपाल मायाघरमा आजिवन सदस्यता लिएका छन् भने मासिक एक हजारको दरले बार्षीक १२ हजार पनि हस्तान्तरण गरेका छन् । मायाघरलाई सञ्चालनको लागी मासिक एक हजारको दरले क्लबका सेक्रेटरी चिन्तामणि साप्कोटाले पनि बार्षिक १२ हजार दिने बताएका छन् । पछिल्लो समय बिभिन्न सञ्चार माध्यममा माया घरको समाचार प्रसारण भए पछि सहयोग जुटन थालेको माया घर नेपाली सचिव सुभद्रा व्याकुरेलले बताईन ।