काठमाडौं : चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण निश्चित भएसँगै काठमाडौं सिंगारिन थालेको छ । विशेषगरी आफ्नो कार्यक्षेत्रभित्र पर्ने काठमाडौं महानगरपालिकाले बाटो सफा गर्न सुरु गरिसकेको छ । सरकारले नेपाल टेलिकमलाई तार व्यवस्थापन गर्न निर्देशन दिएको छ । विद्युत प्राधिकरण, काठमाडौं उपत्यका खानेपानी, नेपाल खानेपानी संस्थान लगायतका निकायलाई कामको जिम्मेवारी दिइसकेको छ ।

सजावट गर्ने काम रातभर हुँदैछ । काठमाडौं महानगरपालिकाले विभिन्न निजी र सरकारी संस्थाको सहयोगमा आइल्यान्ड व्यवस्थित गर्न सुरु गरेको छ । विदेशका राष्ट्रप्रमुख नेपाल प्रवेश गर्दा पहिलो आँखा पर्ने तीनकुने खाली जग्गामा तत्कालका लागि अस्थायी पार्क बन्ने भएको छ ।