झापा : झापाको कन्काई नगरपालिका १ जामुनखाडी चोकमा मोटरसाईकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् ।

बिहिवार बेलुका साँढे ६ बजे पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को ३४ प ७९०४ नम्बरको मोटरसाईकल र बिपरीत दिशाबाट जाँदै गरेको को ३३ प १०५० नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा धरान १३ का १८ बर्षीय अजिव राईको मृत्यु भएको हो । दुर्घटनामा ७९०४ नम्बरका मोटरसाईकल चालक धरान १३ का १८ बर्षीय अजिव राई, पछाडी सवार रहेका २२ बर्षीय सबिन राई तथा १०५० नम्बरका मोटरसाईकल चालक बिराटनगर-७ का ४५ बर्षीय डम्बर बहादुर खड्का घाईते भएका थिए ।

घाईते ३ जनालाई नै उपचारको लागि बिर्तामोडको बि एण्ड सी अस्पताल लैजाने क्रममा ७९०४ नम्बरका मोटरसाईकल चालक अजिव राईको बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य घाईते २ जनाको सोही अस्पतालमा उपचार भईरहेको छ भने दुवै मोटरसाईकल चालक ईलाका प्रहरी कार्यालय सुरुङगाको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।