सुनसरी: मन्त्रालयका एक कर्मचारीले सप्तकोशी नदीमा हामफालेर आत्महत्या गरेका छन् । विराटनगर महानगरपालिका ५ जामुनगाछी घर भएका राजेशकुमार साहले सुसाइट नोटसमेत लेखेको पाइएको छ ।

उनी कृषी भुमि ब्यवस्था तथा सहकारी मन्त्रालय १ नम्बर प्रदेशमा कार्मचारी भएको खुलेको छ । उनको सुसाइट नोटमा मेरो मृत्युको कारण अरु नै हो भन्ने लेखिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यलय सुनसरीका अनुसार कोशी ब्यारेज पुलको १६ नम्बर ढोकामा को २२ प ६९६५ नम्बरको मोटरसाईकल, परिचय पत्र र सुसाईट नोट छोडेर उनले आत्महत्या गरेका थिए । कोशी ब्यारेजको पुलमा राखिएको मोटरसाइकल लामो समयसम्म नहटे पछि प्रहरीले सोधीखोजी गर्दा आत्महत्या गरेको खुलेको थियो ।

साहको सुसाइट नोटमा 'मेरो मृत्युको कारण अरु नै हो' भनेर लेखिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी विनोद शर्माले जानकारी दिए । उनका अनुसार कोशी ब्यारेजको सिसि टिभि भुटेज हेर्दा १६ नम्बर ढोकाको दक्षिणबाट हाम फालिएको देखिएको थियो । प्रहरीले खोजतलास गर्दा साहको शव घोप्टो परेको अवस्थामा मृत भेटिएको थियो ।