काठमाण्डौं : यौन दुर्व्यवहारको आरोप लागेका निर्वतमान सभामुख कृष्णबहादुर महरा र पीडित भनिएकी महिला बारे अनुगमन गर्न राष्ट्रिय मावन अधिकार आयोगले तीन सदस्यीय टोली गठन गरेको छ ।

घटनाको अनुसन्धानका विविध पक्षका सम्बन्धमा सूक्ष्म अनुगमन गरी प्रतिवेदन पेश गर्न आयोगका निर्देशकको नेतृत्वमा उच्चस्तरीय अनुगमन टोली गठन गरेको हो । आयोगका प्रवक्ता वेद भट्टराईले आज एक विज्ञप्ति जारी गर्दै सो जानकारी गराएको हो । यही असोज १२ गते राति तत्कालीन सभामुख महरा र रोशनी शाहीबीच भएको भनिएको घटनाको अनुसन्धान सम्बन्धमा आयोगको ध्यानाकर्षण भई घटना घटेकै दिनदेखिका सो बारको सूचनाको अनुगमन गरिरहेको जनाएको छ । सो घटनाको अनुसन्धान सम्बन्धमा प्रहरीले हालसम्म गरेका काम कारकाही तथा पीडित र सम्बन्धित पत्रकारको सुरक्षा सम्बन्धमा भएका व्यवस्था बारेमा पत्राचार गरी जानकारी माग गरेको आयोगले जनाएको छ ।