धरान: वडा दसैंको सातौं दिन आज शनिबार सप्तमी अर्थात फूलपाती भित्र्याउने दिन हो । दुर्गाको नौवटा रूपमध्ये ‘कालरात्रि’ स्वरूपको आज बिशेष पुजाआराधाना गरिन्छ ।

आजको दिन देशभरका शक्तिपिठहरुमा फूलपाती भित्र्याउने चलन छ । सोही अनुरुप धरान १४ स्थित दन्तकाली मन्दिरमा पनि भव्यरुपमा हर्कबढाई गर्दै फूलपाती भित्र्याइएको छ । स्थानीयबासीसमेत रहेका शिक्षक तथा शास्त्रका जानकार भवानीप्रसाद खतिवडाका अनुसार दुर्गा भगवतीको प्रतिकोरुपमा आज नवपत्रिका भित्र्याइएको हो । यसलाई नै फूलपाती भित्र्याउने भनिन्छ । उनका अनुसार केरा, दारिम, धानको बोट, हलेदो, मानेको बोट, कचु, बेलपत्ताको हाँगो, अशोक र जयन्तीलाई नवपत्रिका वा फूलपातीकोरुपमा हर्कबढाई गरेर दन्तकालीमा भित्र्याइएको छ । अब भोलीदेखि नवपत्रिकाको नित्य पुजा,आराधाना हुन्छः खतिवडाले कपुरीन्यूजसँग भने ।

fulpati2

विगतका बर्षहरुमा बाटोको असुविधाको कारण दन्तकालीबाट विजयपुर चोक पुगेर फूलपाती भित्र्याउन सिधै पिण्डेश्वर मन्दिर जाने गरिएको थियो । यसपाली भने सडक राम्रो बनेकोले बुढासुब्बा मन्दिर हुदै फूलपाती भित्र्याउन स्थानीयबासीहरुको टोली गएको थियो । नेपाली सेनाको टोलीसमेत सहभागी थियो । तीन जना ब्रह्मणहरु नबोली गएर नवपत्रिका खोजेर तयार गरेका हुन्छन् । उक्त नवपत्रिका लिन डोलीसहित हर्क बढाई गर्दै पुजारीसहित स्थानीयबासीको टोली गएर भित्र्याउने गरिन्छ ।

तस्बिर: प्रेमप्रसाद पराजुली

fulpati1