इटहरी: इटहरी २० तरहरामा सौर्य बत्ती जडान गरिएको छ । तरहरा स्पोर्ट क्लबले यहाँको बास्केटबल कोर्टमा ६ वटा सौर्य बत्ती जडान गरेको हो ।

इटहरी उपमहानगरपालिकाले ७ लाख ३८ हजार ९ सय ३ रुपैँया बजेट बिनियोजन गरेको भए पनि कुल रकमको २० प्रतिशत रकम स्थानीय युवाहरुले संकलन गरेको तरहरा स्पोर्ट क्लबका अध्यक्ष रबीन्द्र भट्टराईले जानकारी दिए । ‘नगरपालिकाले छुट्याएको कुल रकमको २० प्रतिसत रकम हामीले यहाँ उठाएका हौँ,’उनले भने,‘यहाँ राती पनि खेलकुद खेल्नका लागि सौर्य बत्ती जडान गरिएको हो ।’

tarara-basket1

उनका अनुसार खेल क्षेत्रको विकास गर्नका लागि रातमा खेलकुद हुने भएकाले सौर्य बत्ती जडान गरिएको हो । उनले भने,‘खेलकुदको बिकासका लागि मात्र नभई यहाँ बत्ती जडान गर्दा चोरी पनि नहुने भएकाले हामीले बत्ती जडान गरेकाहौँ ।’ उनले चाडपर्वमा यहाँ चोरी हुने भएकाले पनि त्यसलाई मध्यनजर गर्दै बत्ती जडान गरिएको बताए ।

बास्केटबल कोर्टमा बास्केटबल मात्र नभई भलिबल तथा ब्याडमिन्टन खेल समेत हुँदै आएको छ । सौर्य बत्ती जडान पछि भने रातमा पनि खेल हुने भएकाले यो सकारात्मक अभ्यास भएको स्थानीयको भनाई रहेको छ ।

tarara-basketball