धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको सुरक्षा गर्न बसेको केटिएम सेक्युरिटीको कन्ट्रोल अफिस नजिकै खागो आतंक भएको छ ।

केही बेर अघि पैदल यात्री दुई जनालाई खागोले आक्रमण गरेर गम्भीर घाइते बनाएको छ । खागोको आक्रमणबाट धरान १७ का ४८ बर्षीय मानबहादुर तोलोङ्गे र धरान ११, सयपत्री चोकका अन्दाजी २२ बर्षीय खेमराज ढकाल घाइते भएका हुन् । खागोले सबैभन्दा पहिला मानबहादुरलाई आक्रमण गरेको थियो । गाई हराए पछि खोज्दै उनी वीपी भित्र पुगेका थिए । केटिएम सेक्युरिटीको कन्ट्रोल रुम केही पर्तिर पुगेपछि उनलाई एक्कासी खागोले आक्रमण गरेको थियो । उनलाई टाउको, अनुहार, जीउ सबैतिर खागोले टोकेको छ । कति संख्यामा टोक्यो भन्ने यकिन छैन ।

khago2

केही बेरपछि अर्का युवा खेमराजलाई पनि त्यही ठाउँमा पुगेका थिए । उनी इभिनिङ वाकमा जादै गरेका थिए । एक्कासी खागोको झुण्डले आक्रमण गरेपछि उनी चिच्याउदै दौडिए । कसैले कपडा खोलेर फाल्न भनेपछि टि सर्ट खोलेर दौडिदै वीपीको मुलगेट तिर पुगे । त्यही खेमराज र मानबहादुरको भेट भयो । त्यसबेला मानबहादुरको जिउबाट दुई युवा अरुण मगर र दिवस राईले खागोको खिल झिकिदिदै थिए ।

केही बेरमा इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपाने घटनास्थलमा पुगे । उनले नै घाइते दुवैलाई प्रहरी भ्यानमा राखेर उपचारको लागि वीपी प्रतिष्ठानको आकस्मिक कक्षमा पुर्याएका थिए । खागो जंगली मौरी हो । यो जंगली मौरी रिसाहा स्वभावका हुन्छन् ।

khago4 khago5 khagoo5 khago6