काठमाण्डौं: संघीय संसद सचिवालयमा कार्यरत नर्स रोशनी शाहीमाथि बलात्कार आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् ।

केही समयअघि महरालाई सभामुख निवास बालुवाटारबाट नै पक्राउ गरेको हो । उनलाई महानगरीय प्रहरी वृत्त बानेश्वरबाट गएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेसँगै महरा सांसद पदबाट पनि निलम्बित भएका छन् । यसअघि शाहीलाई बलात्कारको आरोप लागेपछि महराले सभामुख पदबाट राजिनामा दिएका थिए । उनको राजिनामा स्वीकृत भइसकेको छ ।

maharaa

शुरुमा महराले बलात्कार गरेको आरोप लगाएकी शाहीले अर्को दिन बचाउ गरेकी थिइन् । तर पनि महराको पद जोगिएन । महरा आफ्नो बाबु समान भएको अभिव्यक्ति दिने रोशनी र श्रीमान्ले सहमतिमा नै २८ बर्षे दाम्पत्य जिवन टुंग्याउने निर्णय गरेका थिए । त्यसलगत्तै शनिबार रोशनीले प्रहरीमा महराविरुद्ध किटानी जाहेरी दिएकी थिइन् । प्रहरीले आज अदालतमा अनुसन्धानको लागि पक्राउ अनुमति मागेको थियो । जिल्ला अदालतले अनुमति दिएपछि बानेश्वर वृत्तका डीएसपी दुर्गा रेग्मी नेतृत्वको टोली महरालाई पक्राउ गर्न सभामुख निवास पुगेको थियो ।