मोरङ: मोरङको बिराटनगर महानगरपालिका १६ हुलास मेटल चोकबाट लागुऔषधसहित धरानकी एक किसोरी पक्राउ परेकी छिन् ।

आईतवार राती १० बजेको समयमा सिमावर्ती भारतीय बजार जोगवनीबाट पैदल आउँदै गरेको अवस्थामा उनलाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका १७ की कविता मगराती भएको प्रहरीले जानकारी दिएको छ ।

उनलाई चेकजाँच गर्ने क्रममा डाइजेल्याब १० एम्पुल, लुपिजेसिक १० एम्पुल, एभिल ८ एम्पुल र फेनारगन ३ एम्पुल लागुऔषध बरामद भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । लागुऔषधसहित पक्राउ परेकी मगरातीलाई ईलाका प्रहरी कार्यालय रानीमा राखि थप अनुसन्धान भईरहेको छ ।