पथरी : ४ वर्ष युएइमा रोजगारी गरेका पथरीशनिश्चरे मोरङ्गका भुवन गुरागाँइ दशैको मुखमा नेपाल फर्के । छुट्टिमा नेपाल फर्किएका उनले घर फर्किने मौका दशैलाई नै बनाए । रोजगारीका लागी विदेशीने मात्र नभइ रोजगारी र अध्यायनका लागी घरबाट टाडा पुगेका नेपालीका लागी दशै घर फर्किने मौका बन्ने गरेको छ । गुरागाँईका अनुसार उनको अरु नै वेला घर फर्किने समय भए पनि कम्पनीमा आग्रह गरेरै दशै र तिहारका बेला छुट्टी मिलाएका हुन् ।

परदेशीएका अरु गाँउले र आफन्तसंग भेटघाटको राम्रो मौका मिल्ने भएकाले पनि ठुला चाडपर्वलाई लक्षीत गरेर छुट्टी मिलाउन नेपालीले कम्पनीमा आग्रह गर्ने गरेका गुरागाँई बताउँछन् । गुरागाँईले भने, ‘यो बेला धेरै भन्दा धेरै आफन्तसंग भेटघाट हुन्छ भने गाँउका पुराना सार्थीहरु संग पनि भेटघाट हुन्छ’ । ‘चाड मनाउने मात्र होइन पुराना साथीभाइ भेटने मौका पनि हो’।
पथरीशनिश्चरे कै वेद प्रकास खतिवडा भने यस पटकको दशैमा घर आउन पाएनन् । वनेपामा शिक्षण पेशा गर्दै आएका उनलाई यस पटक गाँउमा भएका साथी भाइ र आफन्त भेटन रहर बाध्यताले पुरा हुन नसकेको उनको भनाइ छ । ‘गाँउमा दशैको बेलाको रौनक बेग्लै हुन्छ, तर यस पटक आफु बाध्यताले गाँउ जान पाइन्’ उनले भने, ‘चाड पर्वमा गाँउ फर्किनेको लर्काेमा आफु सामेल हुन पाइन’ ।

अन्य चाडपर्व भन्दा दशैमा गाँउ फर्किनेको संख्या बढेसंगै राजधानी काठमाडौं र अन्य ठुला शहरमा चहलपहल कम हुने गरेको छ भने ग्रामिण भेगमा चहलपहल बढ्ने गरेको छ । पथरीशनिश्चरे ३ आइतवारेमा किराना पसल संन्चालन गर्दै आएका सुनिल पोखरेल पनि दशैका बेला चहलपहल बढ्ने बताउँछन् । गाँउमा बाहिरबाट आउनेको संख्या बढ्छ उनी बताउँछन् ।
दशैलाई नै घर फर्किने मौका बनाउनेहरु केहि दिनमात्र भए पनि आफन्त र साथीभाइ भेटने माध्यम बन्दै गएको छ । विदेशमा बसेर रोजगारी गर्नेलाई घर फर्किने चटरोले गर्दा हवाइ टिकटको अभाव हुने गरेको झापाका दिपेश गौली बताउछन् । विदेशबाट दशैका बेला हवाइ टिकट पाउनै मुस्कील छ । ११ वर्ष देखी हवाइ टिकटको कारोवार गर्दै आए का उनी पनि दशैका लागी घर झापा आइपुगेका छन् । काठमाडौमा व्यापार गर्दै आएका पथरीशनिश्चरे का लक्ष्मी कोइरालालाई दशैंको वेला काठमाडौमा बस्न मन लाग्दैन् । दशैमा टिका लगाएर आर्शिवाद लिन मात्र नभइ आफन्त भेटघाट गर्न पनि दशैमा घर फर्किने गरेको कोइराला बताउँछन् ।

घरबाट टाढा भएकाहरुले भेटघाट गर्ने मौका दशै चाड बन्ने गरेको छ । विदेशमा बसेका नेपालीलाई दशैंमा घर फर्किन नपाउदा भने ठुलो दुःख हुने गरेको मलेसियामा बस्दै आएका पथरीशनिश्चरेका चन्द्र पोख्रेल बताउछन् । रोजगारीका लागी विदेशीएका नेपालीले धेरै भन्दा धेरै चाड पर्वका वेला परिवार र साथीको सम्झना आउने गरेको उनको भनाइ छ ।
परिवारसंग छुटिएर बसेका परिवारका सदस्यहरु पनि दशैंका बेला नै घर फर्किए संगै गाँउमा रौनक आउने गरेको छ ।