झापा : झापाको कमल गाँउपालिका–१ शुक्रबारे टोल बस्ने ५० बर्षीया चन्द्रमाँया दर्जीको घरको छतबाट लडेर मृत्यु भएको छ ।
मङगलबार बेलुका दर्जी आफ्नै १ तल्ले घरको छतमा सुत्न गएकोमा राति एक्कासी भुँईमा खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

दर्जी के कसरी छतबाट भुईमा खसेको हो भन्ने बारे अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकका प्रमुख श्यामल शुब्बाले जानकारी दिए ।