झापा : सबै तिर दशैको रौनक छाएको बेला झापाको शिबसताक्षी ९ स्थीत संगम चोक नजिकै रहेको पदमलाल काफ्लेको परिवारमा भने बिपद् आईलागेको छ । बिहानको खाना खाएर सबै जना आ-आफ्नो काममा ब्यस्त थिए । अचानक मिटरबक्सबाट आगो उठ्यो र हेर्दा हेर्दै छदाछदैको घर खरानी भयो ।

नगरमा बारुण यन्त्र नभएकै कारणले गर्दा आगोलागीका घटनाहरु नियन्त्रण गर्नको लागी छिमेकी नगरमा भएका बारुण यन्त्रलाई बोलाउनु पर्ने बाध्यता छ । जनप्रतिनिधहरु महङ्गो मूल्यको गाडी चड्ने तर जनताको लागी बरुण यन्त्र किन्न नसक्दाको परिणाम भोगिरहेका छन् नगरवासी ।  आगो नियन्त्रणको लागी दमक र बिर्तामोडबाट बरुण यन्त्र आएको भए पनि घर पुर्ण रुपले जलेर नष्ट भए पछि मात्र बारुण यन्त्र आएको स्थानीयबासीको भनाई छ । आगोलागीबाट नगद सहित गरगहना , लत्ताकपडा, अन्नपात फर्निचर,भाडाकुडा, इलेक्ट्रिकका समाग्री सबै जलेर नष्ट भएको पीडित इन्द्रमाया काफ्लेले बताईन ।

00 1

चाडबाडको समयमा सबै तिर रौनक छाएको छ । तर यस परिवारलाई भने चाडबाडको समयमा बिपत आइलाग्यो । भएको सबै सिरीखुरी जलेर नष्ट भएकोले स्थानीय रेडक्रस, जेसिस, लायन्स क्लब लगायतका संघसंस्थाहरु संग समन्वय गरेर तत्कालको लागि राहातको व्यवस्था गर्ने वडा नम्बर ९ का अध्यक्ष छबिलाल पाठकले बताए ।

नगरमा यो घटना नौलो भने हैन । केहि बर्ष अघि आगोलागीबाट मानबीय क्षती सहितका ठुला घटना भएका छन् । तर नगर प्रमुख यस बिषयमा अझ भनौं नागरिकको जिउधनको सुरक्षामा खासै गम्भिर नबनेको स्थानीयवासीहरुको आरोप छ ।
आगलागीबाट नगरमा ठुलाठुला घटनाहरु भइरहेको छ । नगरमा बारुण यन्त्र नभएकै कारण जनप्रतिनिधि आए पछि पनि धेरै घटाना हरु भईसकेका छन । जिल्लाको ८ नगरपालीका मध्यै शिबसताक्षी र अजुनधारामा मात्र बारुण यन्त्र नभएको पाइएको छ ।