सिन्धुपाल्चोक: सिन्धुपाल्चोक जिल्लामा यात्रुबाहक बस दुर्घटनामा पर्दा आधा दर्जन बढीको मृत्यु भएको छ भने ४० भन्दा बढी यात्रु घाइते भएका छन् ।

आज बिहान करिब १० बजे इन्द्रावती गाउँपालिका १० भोटसिपाबाट काठमाडौंतर्फ गइरहेको बा २ ख २७१५ नम्बरको बस तिर्खुमोडमा दुर्घटना भएको थियो । दुर्घटनामा परी घटनास्थलमै ६ जनाको ज्यान गएको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् भने अन्य २ जनाको उपचारको लागि अस्पताल लैजार्दै गर्दा बाटोमा मृत्यु भएको बताइएको छ ।

दुर्घटनाग्रस्त बस हेलम्बु यातायातको रहेको छ । बस सडकबाट तल खसेर क्षतिग्रस्त भएको छ । घटनाबारे जानकारी पाएपछि प्रहरी र स्थानीयबासीले मिलेर उद्दार गरेका थिए । बसमा ६० भन्दा बढी सवार भएको अनुमान छ । मृतकको संख्या अझै बढ्नसक्ने प्रहरीले जनाएको छ ।

तस्बिर साभार: ईकान्तिपुरडटकम