बराहक्षेत्र: बराहक्षेत्र नगरपालिका वडा ५ स्थित कालाबन्जारमा रहेको विनायक कृषि सहकारी संस्थाको शनिबार ११ औं साधारणसभा सम्पन्न भएको छ ।

बराहक्षेत्र ३, ४ र ५ वडालाई समेटेको यो संस्थामा ३ सय ४५ जना सदस्य छन् । यो सहकारीको १ करोड ५० हजार ९ सय सेयर पुँजी रहेको छ भने कुल बचत १२ करोड २७ लाख ६० हजार ३ सय ६९ रुपैयाँ रहेको जानकारी दिइएको छ । संस्थाले कुल कारोबार २० करोड ६० लाख ९१ हजार ७ रुपैया गरेको पनि सहकारीले जनाएको छ । संस्थाको खुद नाफा १३ लाख ३६ हजार १ सय ८ रुपैया रहेको व्यवस्थापक अर्जुन भट्टराईले जानकारी दिए ।

संस्थाका अध्यक्ष साजिद हुसैनले संस्था शुरुवातको दिनबारे जानकारी दिए । साधारणसभाको अवसरमा असल कारोबार गर्ने बराहक्षेत्र ३ नडाहाकी गोमा बस्नेत र भरत चौधरीलाई सम्मान समेत गरेको थियो । साथै, जेष्ठ नागरिक ८८ बर्षका छटु साहलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । सहकारी स्थापनाकालदेखि व्यवस्थापक रहेका अर्जुन भट्टराईलाई साधारणसभामा सम्मान गरिएको थियो ।

binayak

साधारणसभाले सर्वसम्मतरुपमा नयाँ सञ्चालक समिति पनि चयन गरेको छ । अध्यक्षमा अर्जुन कोइराला, उपाध्यक्षमा लक्ष्मी बस्नेत र सदस्यहरुमा हिरण्य पौडेल, जित बहादुर कार्की, अशोक साह, पल्टी धामी, दुर्गा प्रसाद श्रेष्ठ, प्रकाश साह र गंगा परियार रहेका छन् । यसैगरि, लेखा समितिको संयोजकमा रन्जित कुमार भगत, सदस्यहरुमा राज कुमार श्रेष्ठ, सत्य नारायण चौधरी चयन भएका छन् भने ऋण संयोजकमा योगमाया कार्की र सदस्यहरुमा उमेश भट्टराई, अविचन्द्र साह चयन भएको व्यवस्थापक भट्टराईले बताए । अध्यक्ष हुसेनको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सहकारी डिभिजनका बरिष्ठ उपाध्यक्ष नरेश कुमार इवारम प्रमुख अतिथि रहेका थिए ।