झापाः नेपालबाट भारत लैजाँदै गरेको ७१ बोरा मटर दाल झापा प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले झापाको मेचीनगर ६ स्थित चर्च क्षेत्रबाट उक्त परिणामको मटर दाल बरामद गरेको हो । बरामद गरिएको मटर दालको मूल्य एक लाख ६ हजार ५ सय रुपैयाँ रहेको प्रहरी कार्यालय झापाले जनाएको छ । बरामद गरिएको मटर दाललाई मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइसकेको प्रहरीले जनाएको छ । काँकडभिट्टा नाकाबाट भारततर्फ सुख्खा मटर, मटर दाल, मरीच, सुपारी तस्करी हुँदै आइरहेको छ ।