धरान :  इटहरीबाट धरान आउदै गरेको स्कुटिलाई सोही दिशाबाट आइरहेको बसले ठक्कर दिदा कोशी राजमार्गको धरान इटहरी सडकखण्डको चारकोशे जङ्गलमा एक वृद्ध महिलाको मृत्यु भएको छ ।

को २१ प २३६१ नम्बरको स्कुटीलाई को १ ख १९३० नम्बरको बसले ठक्कर दिदा इटहरी १९ कि ६१ बर्सिय कालीमाया राईको घटनास्थलमै मृत्यु भएको हो । उनी स्कुटीमा पछाडी सवार थिइन् । स्कुटी चालक एबम मृतकका पति जयबहादुर राई सामान्य घाइते छन् ।

बस र चालकलाई नियन्त्रणमा लिएको ट्राफिक प्रा.ना.नि.होम खनालले जानकारी दिए ।