पथरी: म्यान अफ दि म्याच माल्दिन सुब्बाप्रेरित खेलमा उर्लावारीको योसेक क्लव विजयी भएको छ ।

जितसँगै मोरङ्गको पथरीमा आयोजित दोश्रो पथरीशनिश्चरे खुल्ला नकआउट फुटवल प्रतियोगीताको सेमिफाइनमा प्रवेश गरेको छ । वुधवारवाट सुरु भएको प्रतियोगीताको पहिलो खेलमा आयोजक सुनखरी युवा क्लवलाई ४-२ गोलअन्तरले हरादै योसेक सेमिफाइनलमा प्रवेश गरेको हो । पहिलो खेलमा विजयी टिमका माल्दिन सुव्वाले पहिलो हाफको १२ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । सुव्वाले एकल प्रयासमा गोल गरेका थिए । योसेकले अग्रता लिएको एक मिनेट नवित्दै आयोजकका सुमन राईले गोल गरे । सेन्टरवाट पाएको पासलाई राईले विपक्षीका किपरलाई झुक्याउर्दै खेल वरावरीमा ल्याए ।

खेलको १६ औं मिनेटमा योसेकका सन्जय धिमालले गोल गरेपछि योसेकले अग्रतालाई पुनः कायम राख्यो । आयोजकका डिफेन्सको गल्तीको मौका उठाउदै धिमालले गोल गरे । २१ औं मिनेटमा सुव्वाले पुन गोल गर्दै तिन एकको अग्रता कायम ग¥यो । पहिलो डिएरिया वाट गरेको प्रहार गोलमा परिणत भयो । लिम्वुको प्रहार विपक्षीका गोलकिपर वादल लिम्वुले भेउ पाउन सकेनन् ।

दोश्रो हाफको तेश्रो मिनेटमा माल्दिनले ह्याट्रीक पुरा गर्दे टिमका लागी चौथो गोल गरे । सुनखरीका खेलाडीको ह्याण्डमा पाएको फ्रिकिकलाई सिधै जाली चुमाएका लिम्वुले गोल गरे । दोश्रो हाफको अतिरिक्त समयको अन्तिम मिनेटमा आयोजकका देवराज गुरुङ्गले प्रहार गरेको फ्रिकिक गोलमा परिणत भएपनि आयोजकको हार टार्न सकेन् । म्यान अफदि म्याच लिम्वुले १ हजार नगद र ट्रफि प्राप्त गरे । विहिवारको खेल पञ्चायन फुटवल क्लव सुनसरी र पथरी ११ विच हुने आयोजकले जनाएको छ । प्रतियोगीताको विजेताले ८१हजार १सय ११ र ट्रफि पाउने छ भने उपविजेताले ५१हजार १सय ११ र ट्रफि पाउने छ । प्रतियोगीताको उद्घाटन प्रदेशसभा सदस्य कृष्णकुमारी राई र पथरीशनिश्चरे नगरका मेयर दिलिप कुमार राईले गरेका थिए । प्रतियोगिता कार्तिक ६ गतेसम्म सञ्चालन हुनेछ ।