इटहरी: प्रहरीले इटहरीबाट तास खेल्ने तीन जनालाई पक्राउ गरेको छ । इटहरी उपमहानगरपालिका वडा नं.१२ स्थित नेविलाल सरदारको घरमा जुवा तास खेल्दै गरेको अवस्थामा प्रहरीले बुधबार पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय इटहरीका अनुसार पक्राउ पर्नेमा स्थानीय २३ बर्षीय शिब कार्की, ३४ बर्षीय तुलसी पाण्डे र ३४ बर्षीय मदन सरदार रहेका छन् । पक्राउ परेकालाई जुवा सम्बन्धी कसूरमा जिल्ला प्रशासन कार्यालयबाट १० दिनको म्याद थप भई अनुसन्धान शुरु गरेको ईलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए । उनीहरुको साथबाट नगद ३७ हजार ६७० रुपैँया समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।