पथरी: सुरुवाती २ गोलको अग्रता जोगाउन नसक्दा पथरी स्पोटिङ क्लब ट्राइबेकरमा पञ्चायन फुटबल क्लब सुनसरीसँग पराजित भएको छ ।

मोरङको पथरीमा जारी पथरीशनिश्चरे खुल्ला नकआउट फुटबल प्रतियोगितामा बिहिहबार टाइब्रेकरमा जित हासिल गर्दै पञ्चायन सेमीफाइनल प्रवेश गरेको छ । निर्धारित समयमा २-२ गोलको बराबरी भएपछी खेल ट्राइबेकरमा पुगेको थियो । ट्राइवेकरमा पन्चायनको तर्फबाट अजित तामाङ, आविस्कार खड्का र रोशन भुजेलले गोल गरेका थिए । आयोजक पथरीको तर्फबाट सन्तोष न्यौपानेले गोल गरे पनि सुबास तामाङ, मीन धिमालको प्रहार बाहिरिएको थियो भने विशाल पाण्डेले प्रहार गोलरक्षक निशान राजधामीले रोकेका थिए ।

खेल अवधिमा पहिलो हापmmको २ मिनेटमा आयोजक पथरीशनिश्चरेका खेलाडी योगेस तामाङ र २७ औं मिनेटमा विशाल पाण्डेले गोल गरेर आफ्नो टिमलाई २-० गोलको अन्तरले अग्रता दिलाएका थिए । तर, दोस्रो हापmको ६ र ७ औं मिनेटमा पञ्चायनका तिर्थ बस्नेतले गोल गर्दै खेल बराबरी गरे । खेलको म्यान अफ दि म्याच पञ्चायनका तिर्थ बस्नेत घोषित भए । शुक्रबार सशस्त्र प्रहरी बेस क्याम्प(एपीएफ) झापा र साबिक विजेता लेटाङ फुटबल क्लबले मोरङवीच प्रतिस्पर्धा हुने आयोजक सुनाखरी युवा क्लबका खेल संयोजक नवीन ढकालले बताए ।