पथरी: लेटाङ्ग फुटवल क्लव पथरीमा जारी दोश्रो पथरीशनिश्चरे फुटवल प्रतियोगीताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

ट्राइवेकरमा विभागीय टोली सशस्त्र प्रहरी झापालाई ५–३ गोलअन्तरले हराउदै लेटाङ्गले सेमिफाइनलको यात्रा तय गरेको हो । निर्धारित समयको खेलमा दुवैतर्फ गोल हुन नसकेपछि खेल ट्राइवेकरमा धकेलिएको थियो । ट्राइवेकरमा लेटाङका खेलाडीहरु शुशिल राई, यमन मगर, भुवन राई, अनिमेश श्रेष्ठ र गोल रक्षकसमेत रहेका अन्जेत श्रेष्ठले गोल गरेका थिए । एपिएफका खेलाडी विशाल मग्राती, युबराज श्रेष्ठ, रोसेस श्रेष्ठले गोल गरे पनि रबिन खड्काले प्रहार गरेको गोल बाहिरिएको थियो ।

एपिएफ झापाका विशाल मंग्रातीले दोश्रो हाफको ८ औं मिनेटमा प्रहार गरेको गोलले जाली चुमे पनि एफिएफकै युवराज श्रेष्ठको हातमा लागेर गोल भएपछि गोलको मान्यता पाएन । खेलको म्यान अफ दि म्याच लेटाङको गोलरक्षक अन्जेत श्रेष्ठ घोषित भए । शनिवारको खेल दमक फुटबल एकेडमी झापा र डाँगिहाट फुटबल क्लब बेलबारी मोरङवीच हुने आयोजक खेल संयोेजक नविन ढकालले जानकारी दिए । मोरङ उर्लाबारीको योसेक फुटवल क्लव र पञ्चायन क्लव सुनसरी प्रतियोगिताको सेमिफाइनलमा प्रबेश गरिसकेको छ ।